माण्डु हाइड्रोको विद्युत् उत्पादन सुरु
२०८१ असोज ११ गतेको बाढीका कारण क्षति भएर अवरुद्ध भएको माण्डु हाइड्रोपावरद्वारा प्रवर्धित बागमती साना जलविद्युत् आयोजना (२२ मेगावाट) को दुई युनिनमध्ये एक युनिट यही २०८२ साउन १९ गतेदेखि नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिको रोहवरमा उत्पादन सुरु भएको छ ।