रवि बसेको कोठामा आधारभूत सुविधाहरु छैनन् : मानवअधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ । 

सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकार कर्मीको टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा आधारभूत सुविधाहरू नरहेको पाइएको बताएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् ।