बिक्री आम्दानी बढ्दा घोराही सिमेन्टको नोक्सानीमा कमी

घोराही सिमेन्ट इण्डष्ट्रीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले गत आर्थिक वर्ष ६६ करोड नोक्सानी बेहोरेको छ। कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नोक्सानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २३२।५४ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।