सुनचाँदीको मूल्यमा गिरावट
साउन २७ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् सोमबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।