नाइमा मोबिलिटी एक्स्पो सम्पन्न, १ लाखभन्दा बढीले अवलोकन गरे
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न भएको छ ।
नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २१ गतेदेखि ६ दिनसम्म सञ्चालन भएको एक्स्पो आज सम्पन्न भएको हो ।
आज बाजागाजासहित एक्स्पो सम्पन्न भएको हो । समापन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो धेरै विषयमा सिकाइ भएको बताइन् । उनले यो एक्स्पोमा गाडी बुकिङ भन्दा पनि सिकाइ भएको र यसले एक खालको बेन्चमार्क तय गरेको बताइन् । उनले आगामी दिनमा सरकारसँग मिलेर नीति निर्माण तहमा काम गर्ने उल्लेख गरिन् । उनले एक्स्पोमा १ लाख बढीले अवलोकन गरेको बताइन् । एक्स्पोमा करिब २५ सयको हाराहारीमा विभिन्न सवारी साधान बुकिङ भएको उल्लेख गरिन् ।
एक्स्पोमा बीवाईडी, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, सिट्रोन, फोरथिङ, काई, किया, , महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुवी, निसान, ओमडा र जेको, प्युज्योट, प्रोटन, रेनल्ट, लिप मोटर्स, एलईभी १ टोयटा, फक्सवागन र जिकर लगायतका ब्राण्ड सहभागी भएका थिए ।
दुईपांग्रेतर्फ बजाज, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एम्पेयर, एथर, बेनली, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोल्ट, सुजुकी, ट्राइम्प, टिभिएस लगायत ब्राण्ड सहभागिता थिए ।