स्रोत नखुलेको रकमसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ घर भएका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोड्से रहेका छन् ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०२–००३ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।