१५ प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद घोषणापछि सिक्लेस हाइड्रोमा नकारात्मक सर्किट

मंगलबार सिक्लेस हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । १५ प्रतिशत बोनस सेयर घोषणा गरेको कम्पनीले सतप्रतिशत हकप्रद सेयर दिने तयारी गरेको छ । 

सोमबार कम्पनीको स१चालक समितिले १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनाका लागि ०.७८९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो । त्यसैगरि बोनस सेयर जारी भएपछि कायम चुक्ता पुँजीमा एक बराबर एकको अनुपात (सतप्रतिशत) हकप्रद सेयर दिने निर्णय गरेको थियो । 

कम्पनीको सूचना सार्वजनिक भएसँगै मंगलबार सिक्लसको सेयर मूल्य १० प्रतिशतले घटेर १०३२.४० रुपैयाँमा झरेको छ । समग्र बजार झरिरहेका बेला सिक्लेसको बोनस र हकप्रद निर्णयले लगानीकर्ताहरु निरास देखिएका छन् । यसअघि सिक्लेसको सेयर मूल्य २०८१ फागुन ५ गते पछिल्लो एक वर्षकै उच्च विन्दु १४७५ रुपैयाँसम्म पुगेको थियो ।