सरकारलाई हुलाकी सडकबारे रुलिङ नगरे सभामुखकै अगाडि अनशन बस्छु : सांसद मोदी
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।
‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन । त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइँ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्यो’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाइ हुँदैन तबसम्म अनशन बस्छु ।’