सिटिजन्स बैंकको मधेश प्रदेशमा लर्निङ वर्कशप, प्राप्त उपलब्धि र चुनौति विषयमा छलफल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले मधेस प्रदेशमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शाखामा कार्यरत सबै कर्मचारीहरुलाई समेटेर कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोख्रेलको सहभागिता रहेको थियो । वर्कशपमा बैंकले गर्नुपर्ने काम, हालसम्म भएका उपलब्धि र चुनौतिहरुको विषयमा छलफल भएको थियो
सिइओ पोख्रेलले मधेशको कार्यक्रमले कर्मचारीहरुको क्षमता वृद्धि, बैंकको उदेश्यमा देखिएको एकताले खुशि दिलाएको बताए । कार्यक्रममा बैंकले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध गरेको उपलब्धिहरुको बारेमा चर्चा गरिएको थियो ।