कांग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर छ : प्रधानमन्त्री ओली
यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर आएको बताएका छन् । मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘आजैमात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली कांग्रेसको संसदीय दलको नेता फेर्नेगरी कसरत भइरहेको बताए ।’
प्रधानमन्त्री ओलीले भने यस्ता कुराहरू हल्लामात्र भएको भन्दै विभिन्न किसिमका अफवाह सुन्दा सुन्दै कान टट्याइसकेको बताए । बेला बेलामा यस्ता संस्करणहरू आइरहेपनि संशोधन भने केही नहुने प्रधानमन्त्री ओलीको भनाई छ । अहिले कांग्रेस संसदीय नेताका रुपमा पार्टी सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा छन् ।
‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अरु अढाई वर्ष बाँकी छ । यो सरकार २०८४ को पुससम्म जान्छ नै । त्यसपछि पनि कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले पनि बनाएन भने एमाले–कांगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन ।’
प्रधानमन्त्री ओलीले कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न पनि आग्रह गरे ।