विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्छ : उर्जामन्त्री खड्का
कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ
काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन्।
कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ, उनले भने जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्छ।