गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश
जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट चक्रे मिलन पक्राउ परेका थिए ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको हो ।
जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट चक्रे मिलन पक्राउ परेका थिए ।
चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।त्यस्तै, तीन जनालाई लाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ । २० हजार धरौटीमा छाड्न आदेश भएकाहरूमा गणेश बहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामा रहेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, १० हजार धरौटीमा छाडिएकाहरूमा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरब सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार, सफल भन्ने सुजल शाही रहेका छन् ।