झण्डै २ अर्ब रुपैयाँ नाफा गरेको युनिलिभरको प्रतिसेयर आम्दानी २१३१ रुपैयाँ
प्रतिसेयर आम्दानी २ हजार १ सय ३१ रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ ५ हजार ६ सय ६५ रुपैयाँ छ । दोस्रो बजारमा युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँ छ ।
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको १ अर्ब ९५ करोड रुपैयाँको तुलनामा गत वर्षको नाफा सामान्य बृद्धि हो ।
युनिलिभर सेयर बजारमा सबैभन्दा महँगो मूल्य भएको कम्पनी हो । बजारमा सूचीकृतमध्ये युनिलिभरकै प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै छ । गत वर्ष प्रतिसेयर आम्दानी २ हजार १ सय ३१ रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ ५ हजार ६ सय ६५ रुपैयाँ छ । दोस्रो बजारमा युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँ छ ।
युनिलिभरले प्रकासित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी सामान्य बढ्दा नाफा पनि सामान्य बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २३ करोड रुपैयाँ कुल बिक्री आम्दानी गरेको युनिलिभरले गत वर्ष ८ अर्ब २४ करोड रुपैयाँ छ ।
कम्पनी कुल खर्च घटाउन पनि सफल भएको छ । कुल खर्च अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ८ करोड रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ९८ करोड रुपैयाँ छ । कम्पनीले विभिन्न किसिमका साबुन, स्याम्फु, कस्मेटिक सामान उत्पादन तथा बिक्री गर्दै आएको छ ।