दरमखोला हाइड्रोको आईपीओ बाँडफाँट
दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने तीमध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर प्राप्त गरेका हुन् ।
कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५ सय रुपैयाँबराबरको प्रतिसेयर सय रुपैयाँ दरका २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्कासन गरेको गरेको थियो । आईपीओको नतिजा भने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।