भरत ताल निर्माणमा दोषी ठहर बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारी ठहर भएका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ । 

सर्लाहीमा भरत ताल निर्माणका क्रममा अनियमितता भएको भन्दै विशेषले २१ साउनमा थापासहित प्रतिवादीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको थियो । 

विशेषले बिहीबार थापा, पोखरेल र पौडेल तीनै जनालाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिबाना तोकेको हो । अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नु पर्ने भनि विशेष अदालतले निर्णय गरेको छ ।


यस्तो छ फैसला