आज राष्ट्रिय सभा बैठक बस्दै, समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौं। संघीय संसद् राष्ट्रिय सभाको बैठक बिहान ११ः४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौं वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ।
त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा पेश गर्नेछन्।