नेपाल लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क बढ्यो, नाफा कति ?
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सको खुद बिमाशुल्क अघिल्लो आवको सोही अवधिको तुलनामा १८.८४ प्रतिशत बढेको छ ।
अघिल्लो वर्ष ४० अर्ब ११ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १५.४३ प्रतिशत बढेको छ ।
बिमाशुल्क र आम्दानीसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १७ रुपैयाँ ३७ पैसा बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ११५.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ।
९ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।