ब्याज आम्दानी घटेपनि इन्भेष्टमेन्ट मेगाको नाफा ६७५ करोड, अरु सूचक कस्ता ?

अघिल्लो आर्थिक वर्ष ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा समिक्षा अवधिमा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत हुन्छ ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को अपस्किृत वित्तीय विववरणअनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

यसअवधिमा खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी ६.५४ प्रतिशतले घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ गरेको थियो ।

कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ गरेको बैंकको सञ्चालन नाफा भने ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा समिक्षा अवधिमा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत हुन्छ ।

असारसम्म बैंकको प्रतिशेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ । चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ र जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ सञ्चिति रहेको इनभेस्टमेन्ट मेगाको निक्षेप ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।