कुवेतस्थित नेपाली राजदुतावासले भन्यो- विषाक्त मदिरा सेवनबाट ३५ नेपाली विरामी
विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन । तर, कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख छ ।
तावकाठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केहीको मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अझै अवस्था गम्भीर रहेको उल्लेख छ ।
घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गरिरहेको पनि राजदुतावासको विज्ञप्तिमा उल्लेख छ । दुतावासले घटनाबारे जानकारी प्राप्त हुना साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अस्थाको जानकारी लिएको जनाइएको छ ।
दूतावासले निकालेको विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन । तर, कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख छ । नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको कुवेतको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।