अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?

सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ वना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

मन्त्रालयका अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।

त्यस्तै, भन्सार विभागका महानिर्देशकलाई मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ । उनको ठाउँमा सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।


प्रकाशन भएका दस्तावेजहरू

689f5ab878071_1755273912.pdf