समर्थकहरुको बाक्लो उपस्थितिलाई छल्दै रबिलाई ल्याइयो नख्खु कारागार
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइएको छ । बुद्ध एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार पु¥याइएको छ ।
विमानस्थलमा लामिछानेका समर्थक तथा रास्वपा नेताहरूको बाक्लो उपस्थिति भएका कारण आयल निगमको गेटबाट निकालेर नख्खु कारागार पु¥याइएको हो । ललितपुरको नख्खु कारागारमा पनि समर्थकहरू बाक्लो उपस्थिति छ । समर्थकहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेपछि प्रहरीले हटाएर रबिलाई कारागार लगेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । कारागार व्यवस्थापन विभागको निर्णय अनुसार पुर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद लासमछानेलाई आज नख्खु कारागारमा स्थानान्तरण गरिएको हो ।
लामीछानेले गत जेठ १४ गते नख्खु कारागार सरुवाका लागि निवेदन दिएका थिए भने अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।