हाधिवेशन समयमै गर्न नेतृत्वलाई दबाव दिनुपर्छ : कांग्रेस नेता कोइराला
कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्छ
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्ने बताएका हुन् ।
२०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै कोइरालाले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गरे । उनले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा बिभाजन हुन पुगेको बताए ।
पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उनको भनाइ छ ।