तुइनखोलामा सुख्खा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेर २० मिनेट जाँदा माथिबाट खसेको ठूला ठूला ढुङ्गा सहितको पहिरोले बाटो बन्द भएको छ
पहिरोका कारण अहिले चितवन भएर नारायणगढतर्फ जाने र मुग्लिन हुँदै चितवनतर्फ आउने सबै सवारी साधन रोकिएका छन् ।।