नाडा अटो शोमा देखाइने फ्लाइङ कार काठमाडौंमा, तातोपानी नाकामा ल्याइयो बोकेर

बाढीपहिरोका कारण तातोपानी नाकाको कोदारीमा बाटो अवरोध भएका कारण फ्लाइङ कार बोकेर पहिरो पार गराइएको थियो ।

काठमाडौं । नाडा अटो शोका लागि ल्याइएको डिपल इभीटीओएल फ्लाइङ कार काठमाडौं ल्याएइएको छ । फ्लाइङ कार शनिबार तातोपानी नाकामा बोकेर ल्याइएको थियो

बाढीपहिरोका कारण तातोपानी नाकाको कोदारीमा बाटो अवरोध भएका कारण फ्लाइङ कार बोकेर पहिरो पार गराइएको थियो ।

नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ।