सुनचाँदीको मूल्यमा सामान्य कमी
भदौ १ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य लगातार घटेको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।