भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो ।

ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशत)

कृषि विकास ५.२

एभरेस्ट ५.७५

नेपाल ५.४

लक्ष्मी सनराइज ५

माछापुच्छ्रे ६

एनआईसी एसिया ६.२५

प्रभु ५.३५

स्टान्डर्ड चार्टड ५.१३

राष्ट्रिय वाणिज्य ५.५

नबिल ५.५

ग्लोबल आईएमई ६

सिद्धार्थ ५.५

प्राइम कमर्सियल ६

कुमारी ५.२१

सानिमा ५.७५

हिमालयन ६

नेपाल एसबीआई ५.२५

इन्भेस्टमेन्ट मेगा ५.२५

एनएमबी ६

सिटिजन्स ५.५