भारतीय विदेश सचिव मिश्रीको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

 काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।