सुनको मूल्य तोलामा ८०० बढ्यो
भदौ २ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज सोमबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।