प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका हुन् ।
काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका हुन् ।
त्यस्तै, बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।