सुनको मूल्य तोलामा १ हजार ६०० घट्यो
भदौ ४ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात मंगलबार घटेको सुन र चाँदीको मूल्य, यस दिन पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ घटेको हो । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । मंगलबार तोलाको २ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।