नाडा अटो शोमा माओवादी अध्यक्ष प्रचण्ड, चढे उड्ने ट्याक्सी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् । उनले अटो शोमा पुगेर उड्ने ट्याक्सी चढेका  छन् ।

अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने ट्याक्सी’ सम्म राखिएको छ । नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।