कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने ?: कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै चुनाव नहारेको बताएका छन् ।स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै जनताको सौभाग्यले आफू कहिल्यै हार्नु नरेको बताए ।

उनले भने, ‘यहाँ धेरै साथीहरूले मेरै कुरा उठाउनुभयो। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने ? कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो ।’

धेरै पार्टीका नेताहरू आफ्नो खिलाफमा लागेको भएपनि निरन्तर चुनाव जितिरहेको भन्दै देउवाले जनता देशको मालिक भएकाले जनताको सेवामा लाग्न आग्रह गरे ।