साउनमा काम खोजी गर्दै ६८ हजारले लिए विदेश जान श्रम स्वीकृति
साउनमा ५८ हजार ९४८ जना पुरुष र ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत छ ।
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउनको प्रगति विवरण अनुसार ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।
विभागको तथ्यांक अनुसार, साउनमा ५८ हजार ९४८ जना पुरुष र ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत छ ।
साउनमा ३१ हजार ८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९ हजार १३० पुरुष र २ हजार ७०० महिला छन् । सोही अवधीमा २३ हजार ६४४ जनाले पुन: श्रम स्वीकृति लिएका छन्, जसमा २० हजार ५४७ पुरुष र ३ हजार ९७ महिला छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११ हजार ७७२ रहेको छ भने सरकार–सरकार (न्२न्) प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ छ ।