सुनको मूल्य प्रतितोला १ हजार ३ सय बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलामा ३५ रुपैयाँले बढेर २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।