भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाकाे फरक मत (यस्तो छ प्रतिवेदन)

काठमाडौं । भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने बताएका हुन् ।

फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए । फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ ।

माओवादी सांसद रुपा शोशी चौधरी र रास्वपा सांसद अशोककुमार चौधरीले यो विकेयकमा थप धारणा बनाउन समय माग गरेका थिए ।


यस्तो छ विधेयकको प्रतिवेदन :