‘साइडवेज’मा सेयर बजार , सूचक र कारोबार रकममा गिरावट
विकास हाइड्रोपावरमा दोस्रो दिन पनि सकारात्मक सर्किट
बिहीबार ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बुधबार ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर बन्द भएको छ । बुधबार नेप्से घटेर बन्द भएको थियो । साताभरी घट्दो क्रममा रहेको कारोबार रकम बिहीबार पनि घटेको छ ।
बिहीबार नेप्से ९.२२ अंक घटेर २७५७.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ ।
त्यसैगरि बिहीबार ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बुधबार ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको थियो ।
विकास हाइड्रोपावरको सेयर मूल्य बिहीबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबारदेखी कारोबारमा आएको विकास हाइड्रोपावरको बिहीबार ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यसपछि मूल्य बढेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । यस दिन ५३ कम्पनीको मूल्य बढेको छ ।
घटेको बजारमा सबैभन्दा बढी मूल्य घट्ने कम्पनी रहेको जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्थाको ४.६५ प्रतिशतले घटेको छ । बिहीबार हिमालयन रि इन्स्योरेन्सकाृ सबैभन्दा धेरै २४ करोड ९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । हिमालयन रिलाई पछ्याएको नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । विहीबार निर्जीवन बीमा उपसमूह (०.१४ प्रतिशत बढेको) बाहेक अन्य समूह सूचकहरु घटेका छन् । तर, सबै उपसमूह १ प्रतिशतभन्दा कम दरमा घटेका छन् ।