प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा २० प्रतिशत छुट पाउने

माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

काठमाडौं । प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एन्ड डाइग्नोष्टिकमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंकबीच बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सो सम्झौतामा पोलीक्लिनिकका डा प्रकाश भट्टराई र भावना भण्डारी तथा प्रभु बैंकका शाखा प्रबन्धक प्रकाश पौडेलले सयुक्त हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले देशभर ३ सय १२ शाखा, २ सय ८४ एटिएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।