आइक्यानका उपाध्यक्ष वाग्ले बने नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा बोर्डको सदस्यमा आइक्यानबाट प्रतिनिधि रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार आइक्यानबाट वाग्लेलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो ।

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)  का उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्डको सदस्य नियुक्त भएका छन् । शुक्रबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले चार्टर्ड एकाउण्टेन्ट (सिए)  वाग्लेलाई स्वागत तथा शपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्यलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा बोर्डको सदस्यमा आइक्यानबाट प्रतिनिधि रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार आइक्यानबाट वाग्लेलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो ।