संसद्लाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हाेः वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई छलेर करका दर हेरफेर गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उपमहासचिव वर्षमान पुनले विभिन्न सामग्रीको भन्सार शुल्क घटाइएको कुरा बाहिर आएको बताए ।
उनले भने, ‘संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ । एक महिना बित्दै गर्दा पहिलो चौमासिकमै सरकारले करको दरमा हेरफेर गरेको छ । यो कदमप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सदन चलिरहेको बेलामा सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने बताए । बिना कारण करका दर हेरफेर गर्नुको कारण अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए । सुनमा लाग्ने करलगायत अन्य करकाे दर हेरफेर भएकाे उनकाे दाबी छ ।