प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक सर्वसम्मत पारित
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
विधेयकमा १४ सांसदले ६६ वटा संशोधन प्रस्ताव गरेका थिए । समितिले विधेयक संशोधनसहित पारित गरी प्रतिवेदन बिहीबार प्रतिनिधिसभामा पेस गरेको थियो ।
विद्युत् उत्पादन, प्रसारण तथा वितरण आयोजना, सडक, रेलमार्ग, विमानस्थल, सुरूङमार्ग, औद्योगिक विकास पूर्वाधार निर्माण (विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, सुक्खा बन्दरगाह वा सूचना प्रविधि पार्क), सहरी विकास पूर्वाधार, केबुलकार, रज्जुमार्ग, पोडवेलगायत संरचना निर्माण एवम् सञ्चालनका लागि २५ अर्ब रुपैयाँ चुक्ता पुँजीसहितको कोष बनाउने भनिएको छ।
कोषबाट कृषि, वन पैदावार र खानी तथा खनिजजन्य क्षेत्रमा पनि लगानी गर्ने व्यवस्था विधेयकमा थपिएको छ।