एक वर्षमा एफडीआई ४२ प्रतिशतले बढ्यो, शोधनान्तर बचत झण्डै ६ खर्ब

यसअवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर ५ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो बृद्धि करिब ६९ प्रतिशतले बढी हो ।

पछिल्लो एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । यो रकम अघिल्लो वर्षको ८ अर्ब ४७ करोडको तुलनामा झण्डै ४२ प्रतिशतले बढी हो । 

त्यस्तै, यसअवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर ५ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो बृद्धि करिब ६९ प्रतिशतले बढी हो । 

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०८१÷८२ मा शोधनान्तर स्थिति अझ बलियो भएको छ । अघिल्लो वर्ष शोधनान्तर बचत ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ रहेकेमा गत वर्ष ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत वर्ष ४ अर्ब ३७ करोड डलर पुगेको छ 

शोधानान्तर स्थिति बजबुत हुँदाको असर चालू खातामा देखिएको छ । गत वर्ष चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा छ । अघिल्लो वर्ष चालु खाता बचत २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता गत वर्ष भने ३ अर्ब १ करोड डलर पुगेको छ ।