चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको आईकार भी-२३ एसयूभी नेपाली बजारमा

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको लाइफस्टाइल आईकार भी-२३ नेपाली बजारमा इन्ट्री गरेको छ । ओमोडा एन्ड जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नयाँ गाडी आईकार भी-२३ नेपाली बजारमा ल्याएको हो । शारडा ग्रुपको कम्पनीले गाडी नेपाली बजारमा सोमबार सार्वजनिक गरेको हो। गाडीको मूल्य ४७ लाख रुपैयाँभन्दा कम हुने कम्पनीले जनाएको छ । अहिले मूल्य तोकिएको छैन । गाडी नाइमा मोबिलिटी एक्स्पोमा नै राख्ने योजना थियो। तर, तातोपानी नाकातर्फको बाटोमा समस्या भएपछि गाडी ल्याउन ढिलाइ भएको हो । गाडी शनिबार काठमाडौं ल्याइएको थियो । चीनमा आईकार ब्राण्डमा उपलब्ध भी-२३ लाइफस्टाइल एसयूभी हो । जुन जेको जे-६ जस्तै छ ।