विधि विज्ञान प्रयोगशाला विधेयक विधायन व्यवस्थापन समितिबाट पास
काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक संसदीय समितिबाट पास भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो ।
विधेयक सर्वसम्मत रुपमा पास गरिएको समिति सभापति तुलसी कुमारी दाहालले जानकारी दिइन् । यो विधेयक २३ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । ४ चैत २०८१ मा दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगेको थियो । सोमबार विधायन व्यवस्थापन समितिले पनि पास गरेको हो ।
सभापति दाहालका अनुसार यो विधेयक ऐनमा रुपान्तरित भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति गठन आदेश २०५२ खारेज हुनेछ । गठन आदेशबमोजिम सञ्चालित विधि विज्ञान प्रयोगशालालाई ऐनमार्फत सञ्चालन गर्ने गरी सरकारले विधेयक ल्याएको हो ।