फेरि रेकर्ड नजिक पुग्यो सुनको भाउ

काठमाडौं । बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।

हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको हो ।

चाँदीको भाउ घटेको छ । अघिल्लो दिन २ हजार ३ सय ६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २ हजार ३ सय ४५ रुपैयाँमा झरेको छ ।