मुक्तिनाथ विकास बैंक जमल शाखा धुम्बाराहीमा स्थानान्तरण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको जमलस्थित शाखालाई धुम्बाराहीमा स्थानान्तरण गरेको छ ।
बैंकले धु्म्बाराहीस्थित चिलिमे टावरमा शाखा स्थानान्तरण गरेको हो । शाखा कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।
पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवा विस्तारको प्रशंसा गरे । उनले बैंकलाई जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजनाबारे जानारी गराएका थिए ।