चाडपर्व नजिकिएसँगै बढ्यो अण्डाको मूल्य, प्रतिगोटा कति ?
नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने छन् ।
काठमाडौं । चाडपर्व सुरु भएसँगै अण्डाको मूल्य बढेको छ । अण्डा उत्पादन कम भएको र खपत बढेको भन्दै व्यापारीहरुले मूल्य बढाएका हुन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो ।
सङ्घकाअनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५४५ रुपैयाँ र मझौला अण्डाको ५३० रुपैयाँ कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको छ ।
नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गर्नेछन् । विगतमा दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ ।