बैंक बाहेकलाई लाभांश वितरण गर्न थप ०.५ प्रतिशत प्राथमिक पूँजी आवश्यक (लाभांस वितरण कार्यविधिसहित)
राष्ट्रियस्तरका विकास बैंक बाहेक र फाइनान्स कम्पनीको हकमा प्राथमिक पूँजी ६.५ प्रतिशत र पूँजीकोष ११ प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थाको हकमा हकमा पूँजीकोष ९ प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्न प्राथमिक पूँजी बढाउनु पर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले लाभांश स्वीकृति कार्यविधि जारी गर्दै ०.५ प्रतिशत बिन्दुले प्राथमिक पूँजी थप गर्नुपर्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले जारी गरेको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२ अनुसार राष्ट्रियस्तर बाहेक विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्तले लाभांश वितरण गर्न ०.५ प्रतिशत बिन्दुले प्राथमिक पूँजी कोष थप गर्नु पर्नेछ ।
वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरूले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २०१५, तथा पूर्वाधार विकास बैंकहरूले क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २०१८ अनुसार प्रस्तावित नगद लाभांशको रकम घटाएपछि सुपरिवेक्षकीय समायोजन सहित प्राथमिक पूँजीको आधारमा लाभांश स्वीकृत गर्ने व्यवस्था कार्यविधिमा छ ।
त्यसैगरी प्रस्तावित नगद लाभांशको रकम घटाएपछि बाँकी रहने सुपरिवेक्षकीय समायोजनपछि बफरसहित तोकिएको न्यूनतम प्राथमिक पूँजी तथा पूँजीकोष वा सोभन्दा बढी कायम गरेमा मात्रै नगद लाभांश
राष्ट्रियस्तरका विकास बैंक बाहेक सबै फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाको सम्बन्धमा नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडिक्व्यसी फ्रेमवर्क २००७ र लघुवित्तका सम्बन्धमा एकीकृत निर्देशन अनुसार कायम गर्नुपर्ने तोकिएको न्यूनतम प्राथमिक पूँजीमा कम्तीमा ०.५ प्रतिशत र पूँजीकोषमा कम्तीमा १ प्रतिशत बफर कायम गर्नु पर्नेछ ।वितरण गर्न स्वीकृति दिने व्यवस्था कार्यविधिले गरेको छ ।
राष्ट्रियस्तरका विकास बैंक बाहेक र फाइनान्स कम्पनीको हकमा प्राथमिक पूँजी ६.५ प्रतिशत र पूँजीकोष ११ प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थाको हकमा हकमा पूँजीकोष ९ प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्नेछ । तर बोनस सेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक कर रकम बराबर नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन बाधा नपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।