लुम्बिनीमा नयाँ उद्योग खोल्न रोक, २ वर्षभित्र पुराना हटाउन सर्वोच्चको आदेश

सर्वोच्चको आदेश अनुसार लुम्बिनी क्षेत्र संरक्षणको निम्ति निर्मित पर्खालको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्वपश्चिम तथा उत्तरतर्फ पर्खालदेखि १५ किलोमिटर दूरीभित्रका उद्योग सार्नुपर्नेछ ।

काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र आसपासका उद्योग स्थानान्तरण गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको इजलासले वातावरण प्रदूषणले लुम्बिनी क्षेत्र नै मासिने जोखिम औंल्याएर आसपासका उद्योग दुई वर्षभित्र स्थानान्तरण गर्न बुधबार परमादेश दिएको हो ।

सर्वोच्चको आदेश अनुसार लुम्बिनी क्षेत्र संरक्षणको निम्ति निर्मित पर्खालको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्वपश्चिम तथा उत्तरतर्फ पर्खालदेखि १५ किलोमिटर दूरीभित्रका उद्योग सार्नुपर्नेछ ।

लुम्बिनी भैरहवा कोरिडोर खण्डमा सडकको दायाँ बायाँ ८०० मिटरभित्र नयाँ उद्योग स्थापनामा पनि सर्वोच्चले रोक लगाएको छ ।

‘लुम्बिनी क्षेत्र संरक्षणको निम्ति निर्मित पर्खालको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्वपश्चिम तथा उत्तरतर्फ पर्खालदेखि १५ किलोमिटर दूरीभित्र साथै लुम्बिनी भैरहवा कोरिडोर खण्डमा सडकको दायाँ बायाँ ८०० मिटरभित्र धुलो, धुवाँ तथा कार्बन उत्सर्जन गर्ने कुनै पनि नयाँ उद्योग स्थापना गर्न अनुमती नदिनू,’ सर्वोच्चले परमादेशमा भनेको छ

यस्तो छ आदेशको अंश


प्रकाशन भएका दस्तावेजहरू

68af267b7e08e_1756309115.pdf