अरुण काबेली पावरले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बाेलायाे

अरुण काबेली पावरले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान, गौशाला, काठमाडौँमा १५ औँ वार्षिक साधारणसभा बोलाएको हो। सो सभा बिहान १ बजे सुरु हुनेछ ।

सभाले काबेली इनर्जी लिमिटेड कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी गर्न स्वीकृती प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि परित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।