सुनको मूल्य ताेलामा ४ सय रूपैयाँ बढेर रेकर्डस्तरमा

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य रेकर्डस्तरमा पुगेको छ भने चाँदीकाे मूल्य पनि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन अर्थात बुधबार, नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो । यसअघि गत साउन २३ गते पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । बुधबार तोलाको २ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।